एजेन्सी, १० असार । पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक गोलकर्ताको कीर्तिमानको बराबरी गरेका छन् । फ्रान्सबिरुद्धको यूरो कप फुटबलमा उनले अलि दाईको अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेका हुन् ।
रोनाल्डोले फ्रान्सबिरुद्ध दुई गोल गरेका थिए । आफ्नो अन्तर्राष्ट्रिय फुटबल जीवनको १०९ औं गोल पुरा गर्दै रोनाल्डोले अलिको कीर्तिमानको बराबरी गरेका हुन् ।
रोनाल्डोले दुबै गोल पेनाल्टीमै गरे । इरानका अलि दाईले उक्त कीर्तिमान सन् १९९३ देखि २००६ को बीचमा बनाएका थिए ।
रोनाल्डोको गोलले पोर्चुगललाई जित दिलाउन सकेन । यद्दपी बराबरी खेल्दा उसले सबैभन्दा उत्कृष्ट तेस्रो टोलिको रुपमा अन्तिम १६ को यात्रा तय गरेको छ ।






