
तपाईं सामाजिक संजाल, फेसबुक, म्यसेन्जर, Instagram, WhatsApp, Viber, YouTube वा अन्य धेरै प्रकारका सामाजिक संजालहरु कतिको चलाउनु हुन्छ ? तपाईंले ख्याल गर्नु भएको छ सामाजिक संजालले हामीलाई धेरै फाईदा त पुर्याएको हुन्छ तर त्यो संग धेरै नकारात्मक असर पनि पार्दछ । यो आधुनिक युगमा सामाजिक संजालबाट टाढा रहनुस् भन्नु त गलत होला तर तपाईंलाई थाहा छ यि सोसिल मिडियाबाट केही समयको लागि मात्र भए पनि टाढा रहदा कति फाईदा पुग्छ भनेर ? केही सामाजिक संजालबाट टाढा रहदाका केही फाईदा यस प्रकार छन ।
१. काम छिटो सकिन्छ
तपाईले आफ्नो फोन, ल्यापटप आदि ग्याजेडहरुमा ध्यान लगाउनु हुन्न, विभिन्न सोसल मिडियाको एपहरुमा के हुदैछ, फेसबुक, इस्न्टाग्राममा कति लाइक कमेन्ट आयो भन्ने तर्फ ध्यान गएन भने स्वत: तपाईंको अरु कामहरु ठिक समयमा वा भनाै छिटो सकिन्छ। कति समयहरु हामी सामाजिक संजाल प्रयोग गरेर नै बिताइदिन्छौ जसले गर्दा हाम्रो काम सम्पन्न हुन ढिलो हुन्छ । त्यसैले केही बिशेष काम गर्नु छ भने सामाजिक संजालहरु लाई बन्द गर्नुस वा त्यसबाट टाढा रहनुस तपाईंको काम स्वत: छिटो बन्ने छ ।
२. सिर्जनात्मक बन्नु हुन्छ
सोसल मिडिया चलाउने बानीबाट अलि टाढा भएपछि तपाईंको सिर्जनात्मक खुबी बाहिर निस्कन्छ। याद गर्नु भएको छ सामाजिक संजाल प्रयोग गर्दै गर्दा तपाईंमा अरुको कपी गर्ने बानी परेको छ तर ति तर ति खुबीहरु तपाईं आँफैमा हुन्छ । सोसियल मिडिया छोड्नाले तपाईं त्यसमा दिने समय आफ्नै श्रीजनात्मक कुराहरु लाग्नु हुने छ । तपाईंले धेरै कुरा सोच्ने समय पाउनु हुनेछ ।
३. कम तनाव
सोसल मिडियामा छाएका धेरै नकरात्मक सुचना, विवरण, समाचार र विभिन्न घटनाहरुबाट टाढा रहेर तनाव मुत्त जीवन बिताउन पाउनु हुन्छ।
के तपाईंले सामाजिक संजालमा राम्रो समाचार र सुचना विवरण मात्र पाउनु हुन्छ र ? धेरै नराम्रा कुराहरु सामाजिक संजालमा हुन्छन तिनीहरुले तपाईलाई तनाव दिईरहेका हुन्छ ।
४. पर्याप्त निन्द्रा
अत्याधिक सोसल मिडियाको प्रयोगले प्रभाव पारेको निन्द्रामा सुधार आउँछ। तपाईलाई पर्याप्त निन्द्रा लाग्न सुरु हुन्छ।
५. सम्बन्धमा सुधार
फोन र भिडियो कलमा सिमित भएको सम्बन्धलाई आमने सामने ल्याउँछ र पारिवारिक, व्यवसायिक र अरु थ्रुप्रै सम्बन्धहरुमा सुधार गर्छ।
६. आफूलाई चिन्न मदत गर्छ
सामाजिक संजालको अत्याधिक प्रयोगले तपाईं आफु को हो भन्ने कुरा अरुको दृष्टिकोणबाट मात्र हेर्नु भएको अवस्थामा सामाजिक संजाल बाट टाढा रहदा आफुले आफुलाई समय दिन सक्नुहुनेछ । आफुमा भएका सबै राम्रा कुराहरुका बारेमा सोच्न मनन गर्न सक्नु हुनेछ र आफुले आफुलाई चिन्न सक्नु हुनेछ ।
७ कम भावनात्मक
अरु मानिसको पोष्टहरु हेरेर चाहे त्यो साँचो होस या गलत तपाई भावनात्मक रुपमा कमजोर हुने बानी भएको हुन्छ तर यो छोडी सके पछि भावनात्मक रुपमा फेरि आफूलाई बलियो पार्दै लैजान सक्नुहुन्छ।
८ अल्छी बनाउदैन
आफ्नो काममा बढी फोकस नभइ सोसल मिडियामा अत्याधिक समय बिताउने बानीले निन्द्राको कमी र अनावश्यक समयमा तपाईंलाई अल्छी बनाइ राखेको हुन्छ। तर सोसल मिडिया चलाउने बानीबाट अलि टाढा भएपछि तपाईलाई आफ्नो काम सहि समयमा सक्काउन अल्छी बनाउदैन।
९ सफलता प्राप्ती तिर अगी बढ्नु हुनेछ
लक्ष्य र योजना सहितको कामले सफलता प्राप्त हुन्छ । सफलता प्राप्त गर्नको लागि धेरै कुरा परित्याग गर्नु पर्ने हुन्छ । सामाजिक संजालको अत्याधिक प्रयोगले तपाईंको मेहनत गर्ने क्षमतालाई ह्रास पुर्याइरहेको हुन्छ । सफलता तिर बढ्दै गरेका तपाईंको जीवनलाई सामाजिक संजालसंगको दुरीले आफ्नो लक्ष्यमा केन्द्रित हुन मद्दत पुर्याउछ फलस्वरुप तपाईं सफलता तिर अघि बढ्नुहुनेछ ।