
तपाई आफ्नै सानो खेतीमा उब्जनी गर्न सक्नु हुन्छ र सफलता प्राप्त गर्न सक्नुहुन्छ ? तपाई आफ्नै सानो खेतीमा उब्जनी गर्न चाहनुहुन्छ भने तल दिइएका ७ कुराहरुले तपाईलाई मदत गर्न सक्छ।
१. व्यवसायिक बनाउनुहाेस् ।
धेरै जना आफ्नै आवश्कता पुरा गर्नको लागि मात्र सोचेर खेती वा उब्जनी गर्नुहुन्छ तर यदि तपाई अलि धेरै उब्जनी गरी आफ्नो आम्दानीको स्रोत पनि बनाउन सक्नुहुन्छ। तपाईको समुदाय भित्र लोकल उब्जनी भएको खाने मान्छे कति छन् । त्यो अनुसार तपाईले उब्जनी गर्न सक्नु हुन्छ र बिक्री गर्न सक्नु हुन्छ।
२. फाईदाको योजना बनाउनुहोस्।
फरक-फरक माैसममा बिक्री वितरण गरेको उब्जनी के कति बिक्री भयो, त्यसबाट फाईदा कति भयो ? त्यसको हिसाब राखी अर्को पाली यति नाफा गराउँछु भनेर योजना बनाउनुहोस्। साईड व्यवसाय, पार्ट टाइम व्यवसाय र फूल टाइम व्यवसाय गरेर ३ तरिकाबाट तपाईले सानो खेती वा उब्जनी शुरु गर्न सक्नुहुन्छ।
३. आम्दानीको स्रोत बढाउँदै जानुहोस्।
एउटै मात्र कुराको उब्जनी नगर्नुहोस्। २०-३० थरीका बिउहरु रोप्नुहोस्। उब्जनीसंगै कुखुरा पालन पनि गर्न सक्नुहुन्छ। धेरै कुराको उब्जनी वा खेती गर्नाले तपाईको आम्दानी बढ्न सक्छ । आफूलाई पुग्ने उब्जनी संगै बढी भएको फलफूल तथा तरकारीले तपाईलाई आम्दानी गर्न मदत गर्छ। तपाईको लगानी फिर्ता गर्ने एउटा राम्रो व्यवसाय यो बन्न सक्छ।
४. ग्राहक/ उपभोत्ता संगको सम्बन्ध बढाउँनु होस् ।
तपाईले ग्राहक तथा उपभोत्ता संगको अन्तर सम्बन्धले पनि तपाईको व्यवसायको आम्दानी बढाउँनलाई महत्वपूर्ण भुमिका खेल्छ। उँहाहरुलाई तपाईको व्यवसाय प्रति आकर्षित बनाउन तपाईले आफ्नो जीवनशैली, सर-सफाई, आत्मविश्वास आदिमा काम गर्नुपर्ने हुन्छ। यी सबै पक्षले तपाईको व्यवसायलाई बढ्न मदत गर्छ।
५. उपभोत्ताको माग अनुसारको उब्जनी गर्नुहोस्।
केही बिउ बिजन रोप्नु अगि आफ्नो पँहुचको अनुसन्धान गर्नुहोस्। तपाईको क्षेत्र भित्र के-कस्तो फलफूल तथा तरकारी धेरै बिक्छ यसलाई मध्यनजर गर्नुहोस्। तपाईको दुखले रोपेको बिउ बिजनले तपाईको आर्थिक भार पुरा गरी तपाईलाई नाफा दिन्छ त्यसैले उपभोत्ताको पहिचान गरी उँहाहरुको माग अनुसारको उब्जनी गर्नुहोस्।
६. आधुनिक कृषि औजारकाे प्रयोगबाट गर्नुहोस्।
तपाईलाई ज्ञान भएका औजारले तपाईले रोप्न शुरु गर्नुहोस् । कुन बिउ रोप्दा तपाईको माटोले राम्रो फल दिन्छ ? त्यसमा ध्यान दिनु होस्। ताकि तपाईलाई पछि सम्मलाई केही उपाय मिलोस्। सामान्य औजार र सामग्रीहरुबाट शुरु गर्नुहोस् र बढ्दै जाँदा तपाईले अरु कुराको ज्ञान लिन सक्नु हुन्छ र आधुनिक कृषि औजारकाे प्रयोगबाट गर्नसक्नु हुन्छ ।
७. खोज, जाँच र गोडमेलमा समय दिनुहोस्।
तपाईले रोपेको हरेक बिउ बढ्दै जाँदा कस्तो तरिकाले बढिरहेको छ, राम्रो फल दिइरहेको छ वा छैन्, केही बिगार भएको छ वा छैन्, गोडमेल र मल पुगेको छ वा छैन् । केहि रोग लागेको छ छैन ? यसमा समय दिनु होस् ।
तपाईले बनाएको योजना, रोपेको बिउ , दिएको समयले पक्कै तपाईले शुरु गरेको सानो खेती तथा उब्जनीलाई बढाइ तपाईलाई आर्थिक स्तरमा सक्षम बन्नमा ठुलो मदत दिन्छ। अनि तपाईलाई यो व्यवसायमा सफलता पनि मिल्नेछ।