२०८३ भाद्र १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, २६ माघ । स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेकाे छ । गए राति बार्सिलोनाले  रियल बेटिसलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र ट्रिन्काओले गोल गर्दा एक गोल उपहार पाएको थियो । बेटिसका बोर्जा इग्लिसियस र भिक्टर रुइजले गोल गरेपनि हार टार्न सकेन । बेटिसमा खेलको ३८ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

यस्तै खेलको ६८ औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २-१ ले अघि रह्यो । खेलको ७५ औं मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८७ औं मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।

यस जितसँगै बार्सिलोना २१ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४३ अंक भएपनि रियल म्याड्रिड गोल अन्तरमा तेस्रोमा रहेको छ । पराजित बेटिस ३० अंकसहित सातौ स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको १९ खेलबाट ५० अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!