२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,०९ पौष : विश्वका विभिन्न मुलुकमा कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि विराटनगर महानगरले पनि सम्भावित संक्रमणको सामना गर्न तयारी सुरु गरेको छ ।
कोभिडको जोखिमलाई ध्यानमा राखेर तयारी थाल्न स्वास्थ्य मन्त्रालयले समेत विज्ञप्तिमार्फत अनुरोध गरिसकेको छ । महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिलगायतले रानी नाकास्थित हेल्थ डेक्सको अनुगमन गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी सुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख अलिले बताए । सम्भावित कोभिडको संक्रमणविरुद्ध लड्न महानगरको स्वास्थ्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न मेयर नागेश कोइरालले निर्देशन दिइसकेका छन् । मेयरको निर्देशनपछि टोलीले रानी नाकामा रहेको हेल्थ डेक्सको अनुगमन गरेको हो ।


महाशाखा प्रमुख अलिका अनुसार विराटनगर–१६ को रानी हेल्थ डेस्क, १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानी, वडा नम्बर १९ स्थित वैजनाथपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र विराटनगर–५ मा कोभिडको निःशुल्क परीक्षण भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!