२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १४ पुस: सार्वजनिक खरिद अनुगमन कार्यालयले कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौंको सिफारिसमा अन्तर्राष्ट्रिय कम्पनी सिल्क मार्केटर सिनोम्याकरएचआई सांघाई इन्टरनेश्नल ट्रेड कम्पनी र ग्लोबल म्याटिक्स ट्रेडिङर विध म्यानेजमेन्ट जेभी ३ वर्षसम्मको लागि कालोसूचीमा राखेको छ । कृषिसहित कालोसूचीमा २४ निर्माण कम्पनीलाई एकै पटक कालोसूचीमा राखेको छ।

लिमिटेडले चीनबाट रासायनिक मल ल्याउन टेन्डर आह्वान गरेपछि सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले रासायनिक मल ल्याउने ठेक्का दिएको थियो। यी कम्पनीहरुले १ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ बराबर लागतको ५५ हजार मेट्रिक रासायनिक मल आयातको ठेक्का हात पारेको थियो।
जसमा थिए सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्टिक्स र सिल्क मार्केट। उनीहरुलाई २५-२५ हजार टन युरिया आयातको ठेक्का परेको थियो भने डीएपी ५ हजार टनका लागि नेपाली कम्पनी सिल्क मार्केटले ठेक्का पाएको थियो।

सरकारी नियमानुसार मंसिरमा आयात गर्न चारवटै कम्पनी सम्मिलित जेभी ग्रुपले चीनको छिङ्हाई सहरमा पुगेर ५५ हजार मेट्रिकटन मल अर्डर गरेका थिए। कृषि सामग्री कम्पनीको सम्झौताअनुसार ती कम्पनीले आर्थिक वर्ष ०७८/७९ मै मल भित्र्याइसक्नुपर्ने थियो। तर मल भने ल्याउन सकेनन्। त्यसपछि लिमिटेडले गत भदौमा नै कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!