२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १४ पौष   : अनतत प्रदेश न , १ नेपाली कांग्रेस संसदीय दलका नेता चुनावी प्रतिस्पर्धाबाटै टुंगो लाग्ने भएको छ । सर्वसम्मतीबाट दलको नेता चयन हुन नसकेपछि निर्वाचन प्रक्रृयामै जाने टुंगो भएको हो । सर्वसम्मीबाट एकल उम्मेदवार टुंगो नलागेपछि ३ जनाले विहिवार मध्यान्ह उम्मेदवारी दर्ता गराएका छन ।

उम्मेदवारी दर्ता गराउनेमा काग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल , प्रदेश न, १ का प्रदेश सभापति उद्धव थापा र प्रदेश सदस्य तथा मन्त्री केदार कार्की छन ।
कांग्रेसबाट निर्वाचित २९ प्रदेश सभा सदस्यहरुकोे विहिवार बसेको भेलामा सहमति जुटाउन धेरै प्रयास भएको थियो । आकांक्षी उम्मेदवारहरुले आ—आफ्ना अडान नछाडेपछि अनतत निर्वाचनमै जाने सहमति भएको हो । संसदीय दलको नेता बन्ने दौडमा उभिएका मोरङ ४ ख बाट निर्वाचित भीम पराजुली पछिल्लो समयमा आएर दौडबाट बाहिरिएका छन । पराजुलीले सिटौला समूहका उद्धव थापाको उम्मेदवारीमा प्रस्तावक भएर चित्त बुझाएका छन । खोटाङका भूपेन्द्र राई थापाको समर्थक बनेका छन ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ्ग र समर्थकमा सुनसरीकी सुनिता कुमारी गुरुङ्ग छिन । केदार कार्कीको प्रस्तावकमा उदयपुरको रामकुमार खत्री र समर्थकमा इलामका शमशेर राई छन । संस्थापनबाट अर्याल , इतरबाट कार्की र सिटौला समूहबाट थापा निर्वाचनको प्रतिस्पर्धामा देखिएका छन । प्रदेश न १ मा संस्थापन पक्षबाट ११ , इतरबाट ९ र सिटौला समूहबाट ९ गरि २९ प्रदेश सभा सदस्य छन । पहिलो चरणमा ५१ प्रतिसत मत अर्थात १५ मत कसैले प्राप्त नगर्ने हुँदा दोस्रो चरण जाने निशिचत छ । दोस्रो चरणमा पुग्दा कसको भाग्य चम्किने हो त्यो हेर्न बाँकीनै छ । निर्वाचन शुक्रवार ९ देखी १० बजे कांग्रेस प्रदेश कार्यालय विराटनगरमा हुने भएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!