२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १८ पुष । ईजाजत पत्र (–लाईसेन्स ) वितरणमा सरकारले फितलो नीति लिएको भन्दै मोरङका निर्माण व्यवासायीहरुले विरोध गरेका छन ।
सरकारको फितलो र अपारदशी नीतिले व्यवसायीको पेशा धरापमा परेको उनीहरुको ठहर छ । व्यवसायीहरुले अव्यवहारिक नीति तत्कालै खारेज गर्नुपर्ने माग राखेका छन । एकद्धार प्रणालीबाट अनुमति पत्र वितरणको व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग समेत उनीहरुले गरेका छन ।
निर्माण व्यवसायी संघ मोरङको १६ औ कार्य समितिको सोमवार पदस्थापन कार्यक्रममा व्यवसायीहरुले सरकारलाई चेतावनी दिदै अनुमति वितरणमा एकद्धार प्रणाली लागू नगरे सशक्त आन्दोलन गर्न बाध्य हुने बताए । स्थानीय पालिकादेखी महानगर सम्मले व्यवसायीहरुलाई मापदण्ड विपरित जथाभावी अनुमति पत्र वितरण गरिरहेको उनीहरुको आरोप छ ।
निर्माण व्यवासायी संघ मोरङका अध्यक्ष महेश मिश्रले अनुमति पत्र वितरणलाई व्यवस्थित गरिनु पर्ने माग गरे । चाडै यो प्रावद्यान खारेज गर्न व्यवसायीहरुको माग छ अध्यक्ष मिश्रले भने , हामीले प्रदेश महासंघ र नेपाल सरकारसमक्ष यस बिषयमा ध्यानआर्कषण गरिसकेका छौ । अपारदर्शी ढङ्गबाट अनुमति पत्र वितरण गरिदै गरियो भने हामी सरकार विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौ अध्यक्ष मिश्रले भने ।
स्थानीय निकायकोे यो पछिल्लो निर्णयले संघमा आवद्ध मोरङ जिल्लामा कार्यरत करिव ५ सय व्यवसायी मारमा परेको उनीहरुको दुखेसो छ । सरकार गम्भिर बनोस , व्यवसायीहरुको उचित मागको सम्बोधन नभए पेशा छोडने अवस्था पुग्छौ, संघका सहकोषाध्यक्ष संजय यादवले बताए । यादवले भने , विगतको प्रावद्यान लागू गरेर व्यवसायीहरुको उचित माग सम्बोधन गरियोस ।
विगतको प्रचलन अनुसार जिल्ला विकास समितिले एकद्धार प्रणालीबाट ठेक्का पट्टाको अनुमति पत्र दिने गर्दथ्यो । हटाएर अहिले स्थानीय निकायलेनै अनुमति पत्र दिने व्यवस्था लागू गरेको छ । अनुमति पत्र दिनु अघिे निर्माण सामाग्रीमा प्रयोग गरिने उपकरणको अवस्था र मौज्जाद हेरि त्यही आधारमा दिन गरिन्थ्यो ।
यसैविच निर्माण व्यवसायी संघको नयाँ कार्य समितिको अध्यक्षमा महेश मिश्र, प्रथम उपाध्यक्षमा धुव्र कार्की , द्धितिय उपाध्यक्षमा रमेश कोइराला , महासचिवमा उत्तमराज जोशी , कोषाध्यक्षमा दाताराम पौडेल , सह कोषाध्यक्षमा संजय यादव निर्विरोध निर्वाचित भएका छन ।
नविन दाहाल धिरजप्रताप कार्की , राजकुमार कार्की दुस्यन्त पौडेल , हरेराम कामत , भोजराज पोखरेल र बद्रीप्रसाद उप्रेती सदस्यमा निर्वाचित भए ।
निवाृचित पदाधिकारी र सदस्यहरुलाई एक समारोहका विच निर्वाचन समितिका ऋषिराज जोशीले सपथ ग्रहण गराइएका थिए । कार्य समितिको पदावद्यी २ बर्षको हुने प्रावद्यान छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!