२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१८ पुष : विराटनगर – ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पतालमा टाउँको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा फड्को मार्दै अगाडी बढेको छ । एकपछि अर्को गर्दै टाउँको, नशा र हाडजोर्नीको उपचारमा आर्या न्यूरोले सफलता हात पारेको हो ।

भोजपुरकी ३० वर्षीय सृजना तामाङ्गको मेरुदण्ड भाचिएर च्यापिएको नशाको आर्यान्युरो हस्पिटलमा सफल उपचार भएको छ । काम गर्ने क्रममा घरबाट लडेर तामाङ्गको मेरुदण्ड भाचिएर नशा च्यापिएको थियो । नशा च्यापिएको कारणले उनका दुवै खुट्टा नचल्ने भएको थियो । उनी उपचारको लागि विराटनगरको हस्पिटल आइन् । विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो । ठिक नभएपछि आफन्तको साहारमा आर्या न्यूरो हस्पिटल आएकी थिइन् । आर्या न्यूरो आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पंकजराज नेपालको टिमले मेरुदण्डको सफल शल्यक्रिया गरेर च्यापिएको नशा खुलाएको थियो । २८ दिन हस्पिटलमा बसेपछि उनको डिस्चार्ज भएको छ ।
उनी आइतबार हस्पिटलमा फलोअपमा आएकी थिइन् । ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु,’ उनले भनिन्, ‘आर्या न्यूरोले नयाँ जीवन दिएको छ ।’

उपचारमा संलग्न चिकित्सक डा. नेपालले शल्यक्रियापछि विरामीले नियमित थेरापी गरेपछि अहिले राम्रोसँग हिडडुल गर्नसक्ने भएको बताए । ‘मेरुदण्ड भाचिएर नशा च्यापिएको विरामी राम्रोसँग हिडडुल गर्न सक्दैनन् । पिसाव पनि लागेको थाहा हुदैन । लडेको एक हप्तापछि हस्पिटल आएकोले हामीले तुरुन्त शल्यक्रिया गरिम । च्यापिएको नशा खोलियो । ३ देखि ४ महिनासम्म थेरापी गरेपछि अहिले ठिक भएको छ,’ डा. नेपालले भने, ‘मेरुदण्डको स्प्यानल क्यानल’ हुने गरेको हुन्छ । हातखुट्टा चलाउने नशाहरु तेही जोडिएको हुन्छ । त्यही भएर नशा च्यापिएको विरामीको चाँडै उपचार गरिनुपर्दछ । चाँडै उपचार गरे रिकभर हुन्छ । नशा पुरै ड्यामेज भयो भने त्यसलाई रिकभर गर्न ढिलो हुने गर्दछ ।’

यसरी आर्या न्युरोमा अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ न्यूरो सर्जन देखि वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिमले गरेको उपचारको कारणले पछिल्लो समय फड्को मारेको छ । यो अस्पतालमा अहिले टाउँको, नशा सम्बन्धी सम्पूर्ण उपचार र जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!