२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

निशा दाहाल
विराटनगर २१ पुष । कोशी अञ्चल अस्पताल विराटनगरको निर्माणधिन भवन अलपत्र पारेर ठेकेदार कम्पनी ३ महिनादेखी लापत्ता भएको छ । प्रदेश न , १ कै सवैभन्दा सुविद्या सम्पन्न अस्पताल भएपनि बषौ अघि निर्माण भएका भवन जिर्ण बन्दै गएपछि सरकारले करिव ३४ करोड लागतमा सुविद्या समपन्न भवन बनाउने गरि निर्माण कार्य प्रारम्भ गरेको थियो ।
अस्पताल जस्तो संवेदनसिल क्षेत्रमा ठेकेदार कम्पनीको चरम लार्पावाही विरुद्ध सरकारलाई अस्पताल प्रशासनले ध्यानआर्कषण गराउदा पनि कार्यान्व्यन गर्ने निकाय मौन छ । निर्माण कार्य कहिले देखीसूचारु हुन्छ , ठोस निर्णय अझै आउन सकेको छैन , अस्पतालका मेसु डा.लक्ष्मीनारायण यादवले बताए । अत्याधिक विरामीको चाप रहेको यो अस्पतालमा परिसरमा गिट्टी र बालुवा यत्रतत्र छरिएर रहदा विरामीलाई समेत सास्ती छ ।

विःस २०७८ साल असार २३ गते तत्कालीन स्वास्थ्यमन्त्री उमेश श्रेष्ठले नयाँ भवन निर्माणको शिलन्यास गरेका थिए । भूमि रमण ज्वाईन्ट भेन्चर कम्पनीले ३३ करोड २२ लाख ४८ हजार रुपैयामा निर्माणको सम्झौता गरेको थियो । कम्पनीले २०८० साल पुष २३ गतेसम्म निर्माण समपन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
नेपाल सरकार संघीय आयोजना कार्यान्व्यन ईकाई कार्यालय विराटनगरद्धारा निर्माण गर्ने भनिएपनि आयोजना कार्यालयले अहिले सम्म ठेकेदारलाई खोजी गर्न सकेको छैन । खोजी गरिरहेका छौ तर भूमि कन्ट्रक्सन सम्पर्कमा आएको छैन आयोजना कार्यालय भन्छ । कुल लागत अनुमान ५० करोड ३४ लाख ४४ हजार रहेपनि उक्त कम्पनीले कम कबोल गरेका कारण फरार भएको हुन सक्ने अस्पताल प्रशासनको दावी छ ।
दैनिक १५ सय विरामीको चाप रहेको अस्पताल प्रशासनलाई भवन अभावमा ओपिडि भवनको माथिल्लो तल्लामा जस्ता बेरेर बैकल्पिक व्यवस्था गरिएको अस्पतालका मेसु डा. यादवले बताए । भवन अभावका कारण प्रसुति सेवालाई अन्यत्रै सारिएको छ । पुराना भवन भत्काईएपछि सेवा संचालन गर्न अभाव भैरहेको अस्पताल प्रशासन बताउँछ ।
नयाँ भवनको अन्डरग्राउण्ड सम्म निर्माण कार्य पुरा हुन नपाउदै कम्पनीले नोक्सान व्यहोर्नु पर्ने अवस्था आउने देखेर फरार भएको अनुमान छ । भूमि कन्ट्रक्सन फरार रहेपनि सँगै रहेको रमण कम्पनी सम्पर्कमा आएको अस्पताल प्रशासनले बतायो ।
क्रिटिकल केयर नाम दिएको नयाँ भवनमा अन्डरग्राउण्ड सहितको पार्किङ्ग ,इर्मजेन्सी , आईसियू , डाईलाईसिस ,न्यूरोलोजी र कार्डियोलोजि सेवा उपब्ध गराउने योजना थियो । अत्याधुनिक लिफ्ट सहित ४ तल्ले भवन निर्माण पछि बहुबर्षिय योजना अन्र्तगत तल्ला बढाएर ७ तल्ला सम्म पुर्याउने सरकारको योजना थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!