२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २१ पुस: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज  बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पाण्डेसँग भेट गर्नुभएको हो ।

प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्याशित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवम् जिम्मेवारीबोधप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!