२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २२ पुस : कृषि ज्ञान केन्द्र झापाले किसानको खेतको माटो परीक्षण गरेको छ । केन्द्रले झापाका विभिन्न पालिकासँगको समन्वयमा माटो परीक्षण तथा बालीको उपचार गरेको हो ।

शिविरमा ४ सय जना कृषकको खेतको माटोको नमूना परीक्षण गरिएको थियो । जसमध्ये ६० प्रतिशत माटोमा अम्लीयपन रहेको र बाँकी माटोको अवस्था तटस्थ रहेको पाइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । कृषकले लगाएको अन्नबालीमा भाइरसका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बाली उपचार शिविर सुरु गरिएको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ ।
प्रयोगशालामार्फत झापाको बाह्रदशी गाउँपालिका र गौरादह नगरपालिकाका किसानको खेतकोृ माटो तथा बाली परीक्षण गरिएको हो । माटोमा देखिएको अम्लीयपनालाई नियन्त्रण गर्न कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ । ४ सय जना कृषकको खेतको माटो परीक्षण गर्दा यस्तो समस्या देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!