काठमाडौं ,२३ पुस :सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । यससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएका छन् ।
कार्यदलमा रहेका राप्रपा महामन्त्री धवलसम्शेर राणा भन्छन्, ‘न्युनतम साझा कार्यक्रममा करिब÷करिब सहमति जुट्यो । अब हामी सरकारमा जान्छौं ।’
जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सहमतिमै न्युनतम साझा कार्यक्रम तयार हुनु सकारात्मक भएको बताउँछन् । कार्यदलको मस्यौदा आफूले अध्ययन गर्न बाँकी रहेको बताएका उनले जसपा सरकारमा भने जाने प्रष्ट पारे । कांग्रेस नेतृत्वमा नयाँ समीकरण बन्ने सम्भावना सकियो कि कि अझै बाँकी छ’ भन्ने प्रश्नमा जसपा अध्यक्ष यादवले भने, ‘अब त्यस्तो सम्भावना छैन ।




