२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ,२४ पुस :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट गर्नुभएको छ ।

आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग दुई शीर्ष नेताहरूले भेट गर्नुभएको हो ।

भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री प्रचण्डले भेटमा दुई राजनीतिक दलहरू सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताउनुभयो ।

उहाँले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरू सकारात्मक रहेको बताउनुभयो ।

त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!