२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर २५ पुष : प्रदेश न . १ का मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागि नहुने निर्णय गरेको छ ।
माओवादी केन्द्रका १३ प्रदेश सभा सदस्यहरुको मंगलवार विहान बसेको संसदीय दलको बैठकले तत्कालै एमाले नेतृब्त्वको सरकारमा सहभागि नहुने निर्णय गरेको हो । सोमवार काठमाण्डौमा बसेको गठबन्धनको बैठकले प्रदेश न , १ को बिषयमा सम्बोधन नगरेपछि माओवादीले आकस्मिक बैठक बसाएको हो । एमालेले प्रदेश न . १ मा पुरै कार्यकाल चलाउने अडान राखेपछि आलोपालोको सम्बोधन भएको थिएन । केन्द्रले सहमति नसच्चाए सम्म सरकारमा सहभागि नहुने संसदीय दलले निर्णय गरेको छ ।
मुख्यमन्त्री आलोपालो गर्ने केन्द्रीय निर्णय नभएसम्म हामी एमाले नेतृत्वको सरकारमा सहभागि हुँदैनौ माओवादी नेता तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले बताए । आधा/आधा कार्यकाल सरकारको नेतृत्व लिनुपर्छ भन्ने हाम्रो मान्यता हो उप्रेतीले भने , यदी निर्णय सच्चाईदैन भने हामी बाहिरै बस्छौ ।
माओवादी संसदीय दलको यो निर्णय आएपछि मंगलवार दिउसो २ बजे मुख्यमन्त्री सहित मन्त्रीहरुलाई गर्ने सपथ कार्यक्रममा समेत माओवादी सहभागि नहुने भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!