२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर २५ पुष : प्रदेश न , १ का मुख्यमन्त्री हिक्मत कार्कीले सपथ ग्रहण लिएकै दिन ठूलो राजनीति संकट आएको छ । पछिल्लो राजनीतिक घटनाक्रमले मुख्यमन्त्री कार्कीलाई पहिलो गाँसमै ढुङ्गा लागेको हो ।
प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दै माओवादीले तत्कालै सरकारमा सहभागि नहुने मंगलवार निर्णय गरेको छ । केन्द्रीय गठबन्धनले प्रदेश न , १ को बिषयमा सम्बोधन नगरेकोले बाध्य भएर निर्णय लिनु परेको माओवादी नेताहरुको भनाई छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई दवाव सृजना गर्न पनि तत्कालै सरकारमा सहभागि नुहने संसदीय दलको निर्णय छ । निर्णय सच्चाएमा हामी सरकारमा सहभागि हुने छौ , मुख्यमन्त्री आलोपालो हुनुपर्ने माओवादीको माग छ संसदीय दलका नेता इन्द्र आङवोले भने ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गले मुख्य मन्त्री कार्कीलाई मंगलवार साढे २ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा माओवादीका सासंदहरु सहभागि थिएनन ।
सानो आकारको मन्त्री बनाउने मुख्यमन्त्रीको योजना रहेपनि माओवादीलाई सहभागि नगराई एमालेबाट तीलकुमार मेन्याङ्गवो , राप्रपाबाट भक्ती सिटौला र जसपाबाट निर्मला लिम्बूलाई विना विभागिय मन्त्रीमा नियुक्ती गरेका छन । नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई प्रदेश प्रमुख खापुङ्गले सपथ ग्रहण गराए ।
६० प्रदेश सभा सदस्यको समर्थन रहेको एमाले नेतृत्वको सरकारमा माओवादीेले विश्वासको मत नदिए पनि सरकार गठन गर्न चाहिने संख्या ४७ पुग्ने छ ।
कुल ९३ सदस्य रहेकोे प्रदेश सभामा नेकपा एमालेले ४० , राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ र जनता समाजवादीको १ सांसद गरि बहुमत संख्या ४७ पुगेको छ । साथै सरकारलाई बहुमत सिद्ध पार्न प्रतिनिधित्वको हिसावमा तीन पार्टीबाट सरकारमा सहभागिता भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!