२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,२९ पुस :  प्रदेश १ प्रदेश सभाको सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।  प्रदेश सभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको मात्रै उम्मेदवारी परेको थियो । बिहीबारको प्रदेश सभा बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक रहनुभएको थियो भने समर्थकमा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगु रहनुभएको थियो । ५० वर्षीय गौतम ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो ।

संसद्मा दोस्रो ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा रहे पनि सभामुखमा उम्मेदवारी दिएको थिएन । यस्तै नेकपा (एकीकृत समाजवादी) ले पनि गौतमलाई समर्थन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!