२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर , २८ बैशाख: मोरङको रङगेली नगरपालिका-९ दोहमनाबाट नेपाली नक्कली नोट सहित १ जना महिलालाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका-५ टकुवाकी ४० बर्षीया कुरेसा खातुनलाई ५ सय दरका १८ थान (नौ हजार) नेपाली नक्कली नोट सहित पक्राउ गरेको हो । नेपाली नक्कली नोट सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!