
विराटनगर । कोशी विचार उत्सवमा आयोजित वक्तृत्वकला प्रतियोगितामा इटहरीकी खुशी विष्ट प्रथम भएकी छन् ।
बिना फाउन्डेसनको आयोजनामा विराटनगरमा सञ्चालन भएको कोशी विचार उत्सव २०२५ अन्तर्गतको प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुल इटहरीकी छात्रा खुशी विष्ट उत्कृष्ट भएकी हुन् ।
“सवैको लागि न्याय, विभेदको अन्त्य कहिले ?” शिर्षकमा आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै आफ्नो प्रस्तुतिबाट दर्शकलाई मन्त्रमुग्ध पारेकी थिईन ।
बिना फाउण्डेसनका अध्यक्ष बरुण झाले कोशी विचार उत्सवले सांस्कृतिक र सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिए ।
कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्दै ‘कोशी विचार उत्सव’ सम्पन भएको छ। क्षेत्रीय, राष्ट्रिय, र वैश्विक महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्न यो विशेष उत्सवको आयोजना गरिएको थियो ।