२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,२८ फागुन: रास्वपा सांसद तोसिमा कार्कीको सांसद पद कायमै रहने भएको छ ।

मंगलबार सर्वोच्च अदालतले तोसिमाको पक्षमा रिट जारी गरेको हो । न्यायाधीशद्धय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले तोसिमाको पक्षमा फैसला सुनाएको हो ।

२०७९ साल मंसिर ४ गतेको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी डा. कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र लाभको पदमा भएको व्यक्ति उम्मेदवार बन्न नपाउने भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

निर्वाचन आयोगको सो निर्णयविरुद्ध तोसिमा अदालत पुगेकी थिईन् । ०७९ कार्तिक १५ गते न्यायाधीश कुमार चुडालको एकल इजलासले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । पछि ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले पनि अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!