
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले पाएका छ्न ।
यही बैशाख २१ गते गृह मन्त्रलयको निर्णय अनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौबाट सरुवा भई कोशी प्रदेशमा आएका डिआइजी कार्कीले आज २८ गते आइतबार पदभार ग्रहण गरेका हुन् !
जिम्मेवारी सम्हाल्न बिराटनगर कार्यालयमा पुगेका कार्कीलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम बहादुर दाहाललगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए ।
पदभार ग्रहणपछि एसएसपी भीम दाहालले डिआइजी कार्कीलाई कोशी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधका वर्तमान चुनौतीहरू र प्रहरीको नविनतम रचनात्मक पहलहरूको जानकारी गराएका थिए !