विराटनगर ,८ जेठ ः चितवनको इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा चट्याङ लागेर एक जनाको  मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुधबार दिउँसो बाटोमा हिँडिरहेका ५१ वर्षीय बिरु चेपाङको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो भने उनीसँगै हिडेका ३२ वर्षीय दिलबहादुर चेपाङ घाइते भएका छन् ।
घटनापछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय मुग्लिनलाई खबर गरेका थिए ।
सूचना पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको चितवन प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार मृतकको शव पोष्टमार्टम तथा घाइतेको उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


										
												
												
												
												
												
												

