२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी ः इटहरीको सांस्कृतिक माहोल, रात्री जीवन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले फ्लेयर बारटेन्डिङको दोस्रो संस्करण ‘इस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ हुने भएको छ ।

कार्यक्रम इटहरीस्थित रोयल रिसोर्टमा इलाइट बारटेन्डिङ एकेडेमी इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि. काठमाडौँको सहकार्यमा आउँदो असार ५ र ६ गते आयोजना हुने भएको हो ।

प्रतियोगितामा नेपालभरिका फ्लेयर बारटेन्डरहरूले आफ्नो सीप, सिर्जनशीलता र प्रस्तुतीकरण प्रस्तुत गर्नेछन् । प्रतिस्पर्धा अडिसन, प्रिलिमिनरी र फाइनल चरणमार्फत सञ्चालन हुनेछ, जसको मूल्याङ्कन अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूले गर्नेछन् ।

प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान प्रदान गरिनेछ । पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार, र तेस्रो हुनेलाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै ‘वेष्ट ककटेल’ र ‘वेष्ट मुभ’ विधामा जनही रु १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
इलाइट बारटेन्डिङ एकेडेमी इटहरीका सञ्चालक भिम राना मगरका अनुसार प्रतियोगिताको उद्देश्य फ्लेयर बारटेन्डिङलाई पेशागत रुपमा स्थापित गर्नु र पूर्वी नेपालमा सशक्त बारटेन्डिङ समुदायको निर्माण गर्नु हो। स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.का सञ्चालक राम प्रसाद गौतमले नेपालका विभिन्न सहरहरूबाट साथै भारत र श्रीलङ्काबाट समेत प्रतिस्पर्धीहरू सहभागी हुने जानकारी दिए । उनले यसपटकको प्रतियोगिता अझ स्तरीय र दर्शकहरूको सहभागिता उल्लेखनीय हुने अपेक्षा गरिएको बताए ।
इलाइट बारटेन्डिङ एकेडेमीले इटहरीमा पछिल्लो तीन वर्षदेखि तालिम सञ्चालन गर्दै आएको छ भने स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.ले काठमाडौँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बारटेन्डिङ तालिम दिँदै आएको छ । यस प्रतियोगिताको पहिलो संस्करण सन् २०२४ मा सम्पन्न भएको थियो, जसमा ५० भन्दा बढी बारटेन्डर सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!