विराटनगर ११ जेष्ठ:  नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकको राजिनामाको माग गरेको २४ घन्टा नवितै कांग्रेसकै अर्का प्रभावशाली नेता कष्ण सिटौलाले गृहमन्त्रीले राजिनामा दिनुको अर्थ नभएको प्रस्टाएका छन ।
भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजिनामा दिएर छानविनको मार्ग प्रस्तत गर्नुपर्ने नेता डा.कोइरालाकाले अभिव्यक्ती दिएको भोलीपल्टै आईतवार विहान विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै सिटौलाले यो फरक विषय र प्रसङ्ग भएकाले राजिनामा गाग्नुको कुनै अर्थ नभएको प्रस्ट पारे ।
गृहमन्त्रीको राजिनामाको विषयलाई लिएर कांग्रेसका दुई प्रभावशाली नेताबाटै फरक फरक धारणा सार्वजनिक भएपछि यो विषय कांग्रेस भित्रै दुई धारमा विभाजित भएको छ ।
अख्तियारले अध्यागमन कार्यालयका कर्मचारी माथीप्रश्न उठाएको हो , मन्त्री माथि होइन सिटौलाको प्रश्न थियो , कर्मचारी अनुसन्धानको दायरमा पर्दैमा विभागीय मन्त्रीले राजिनामा दिदै जाने हो भने राज्य व्यवस्था चल्न सक्दैन ।
यस अघि भएका घटनामा मन्त्रीहरु स्वमं आरोपित हुनेगरेकोले राजिनामा दिन्थे तर यो विषय फरक भएकोले गृहमन्त्रीले राजिनामा किन दिइरहनुपर्ने नेता सिटौलाको प्रतिप्रश्न थियो । नेपाली कांग्रेसले यस विषयमा चाडै आफ्नाे धाराणा सार्वजनिक गर्ने उनले जानकारी दिए ।
अर्को एक फरक प्रसङ्गमा संविधान संशोधन भन्दा पनि संविधान कार्यान्यन समिक्षा आवश्यक रहेको सिटौलाले सुझाव दिए । संविधानले परिकल्पना गरे अनुसार जनताको पंक्षमा कामभ यो भएन पहिले त्यस विषयमा समिक्षा गरेर संविधान संशोधन प्रक्रिया अघि वढाउनु पर्नेमा सिटौलाले स्पस्ट पारे । नेपालमा संघिय लोकतान्त्रिक गण्तन्त्रत्मक व्यवस्थको विकल्प नभएकाले निरकुश तानासाही व्यवस्था नेपाली जनतालाई स्वीकार्य नहुने पनि तर्क राखे । लोकतन्त्रको मुल्य मान्यता अनुसार मुलुक धेरै अघि वढि सकेको छ अव राजतन्त्र फर्कने कुनै संभावना छैन उनले जानकारी दिए । पार्टीका पूर्व महामन्त्री समेत रहेका सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन एकवर्ष थपगर्न सकिने कानुनी व्यवस्था भएकाले महाधिवेशनको मिति एकवर्र्ष थपघट हुने स्पस्ट पारे ।


										
												
												
												
												
												
												
											
