
मोरङको राजनीतिमा कुनै समय निक्कै लोकप्रिय मानिएका कांग्रेसका नेता अमृत अर्याल यतिवेला गुट परिवर्तनको शिकारले निक्कै चिन्तित र स्खलित छन । विराटनगरको एक सार्वजनिक कार्यक्रममा अर्यालले भित्रदेखीकै तितो सत्य र यर्थाथ पिडा पोखेका छन ।
कुनै बेला पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सनिकट रहेर बस्दा नेपाली कांग्रेसको राजनीतिक वृतमा ठूलै कद बनाएका अर्याल अहिले अपमानित भएर बस्नु परेकोमा पछुतो छ । संविद्यान सभा सदस्य देखी प्रतिनिधि सभा सदस्य समेत निर्वाचित भएर बस्दा उनलाई कोइराला परिवारकोनै आर्शिवाद थियो । गुट परिवर्तनकै कारण अर्याल यतिवेला प्रदेशमै थन्किनु पर्दा धेरै पिडामा छन विद्यार्थी काल देखीनै कोइराला परिवारसँग निकट थिए उनी । त्यसबेला अर्यालले थुप्रै सार्वजनिक पद धारण गरे ।
गिरिजाप्रसाद कोइरालाकै आर्शिवादले उनी दुई पटक जिल्ला सभापति भए । त्यो बेला प्रधानमन्त्रीको जिल्लाको सभापति हुनु चानचुने कुरा थिएन । त्यो बेला उनले भनेका काम सवै निकायमा सुनवाई हुन्थ्यो । आफ्नो मात्र होइन धेरै कार्यकर्ताको काम गरिदिन्थे । केन्द्रीय नेता देखी सरकारका सचिवहरुले समेत अर्याललाई सम्पर्क गरेर सोर्स लगाउन आग्रह गर्थे ।अर्यालको त्यो रबाफ र फूर्ति थियो ।
जनताको काम गर्नेनै नेता भएकाले उनको घर आगनमा कार्यकर्ताको त्यतीकै भिड लाग्ने गर्दथ्यो । त्यो भिड कुनै हाटबजार भन्दा कम हुदैन थियो ।
स्वर्गीय कोइरालाको निधन लगत्तै गुट परिवर्तनले उनी चर्चामा आए । कोइराला परिवारसँग टाढा हुने निर्णय किन लिए त्यो अहिले सम्म गौण छ । डा. शेखर कोइरालालाई नेता मान्न सकिएन भनेर अर्यालले त्यो बेला गुट परिवर्तन गरको चर्चा थियो । शेरबहादुर देउवा गुटमा लागेपछि अर्यालको लामै समय हिमचिम त भयो । देउवासँगको संगतले क्षेत्र न ५ को प्रतिनिधि सभा सदस्य विजयी पनि भए । त्यसपछि का दिनमा ठूला राजनीतिक अवसर कुनै प्राप्त भएन ।
विराटनगर महानगरपालिकाको मेयरको इच्छा गरे डां शेखर कोइरालाले रोके । कोशी प्रदेशको मुख्यमन्त्री बन्ने इच्छा राखे डा. कोइरालाले छेके । अर्याल जे चाहान्छन डां कोइरालाले छेक्दै जान्छन । त्यती मात्र होइन आफ्नो गुटमा पनि उनको सम्बन्ध टाढिदै गयो । कारण थियो देउवालाई आसेपासेले पोल लगाउने र अर्यालको विरुद्धमा दिमाग भुटिदिने । यो क्रम बढदै गयो । त्यसपछि अर्यालसँगको दुरी देउवासँग टाडा बन्दै गयो । दुरी बढेको कारण प्रदेश संसदीय दलको निर्वाचनमा उनी ३ मतमै सिमित हुनु परो र लज्जादस्पद हार भयो । राजनीतिमा अर्यालको ओरालो यात्राले उनका शुभचिन्तकहरु दुखी छन । अर्यालकै कार्यकर्ताहरु गुरुराज घिमिरे , भीम पराजुली , केदार कार्की केन्द्रीय राजनीतिमा छाईसकेका छन ।
यी सवै पिडा सम्झेर उनले गुट परिवर्तनका कारण आफु आत्माग्लानी भएको सार्वजनिक रुपमै बताए । यो बिषय अहिले निक्कै चर्चाको विषय बन्यो । देउवा र डा. कोइराला दुई धार गुटमा समेत नरहेका अर्याल अव कुन गुटमा जान्छन भन्ने प्रश्न पनि तेर्सिएको छ ।
अहिले उनी स्वतन्त्र जस्तै बसेका छन । जुन गुटको कार्यक्रमको आयोजना भएपनि पनि उनी पुग्छन । अहिले अर्याल हेर र पर्खको स्थितिमा छन । मंगलवारको एक कार्यक्रममा डा. शेखर कोइरालाकै मंचबाट उनले तितो सत्य पोखेपनि पुरानै गुट फर्किने स्थितिमा अहिले छैनन ।
पार्टीका महामन्त्री गगन थापासँग उनको बाक्लो हिमचिम अहिले देखिएको छ । गगन थापा विराटनगर आउदा उनी एयरपोर्ट लिन जान्छन र घरमै खाना ख्वाउछन । १५ औ महाधिबेशनमा उनी खुलेर गगन थापाको पक्षमा उत्रिने पनि उनकै निकट कार्यकर्ताहरुले बताउन थालेका छन । उनको त्यो यात्रानै अव दिनमा सहज होला ।