२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी ः भ्रष्टचार प्रकरणमा दोषी प्रमाणित भएमा जोकोहि पनि कानुनी कारबाहीको भागेदार हुनुपर्ने कांग्रेसका महामन्त्री गगन थापाले बताए ।
आज धरान उपमहानगर कांग्रेस कार्यसमितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा भिजिट भिसा र सहकारी प्रकरणका तथ्य र प्रमाणको आधारमा जोकोही अनुसन्धानको दायरामा पर्न सक्ने र भ्रष्टचार प्रकरणमा दोषी प्रमाणित भएमा कानुनी कारबाही अनिवार्य हुनु पर्ने बताए ।

उनले भने, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति नेपाली कांग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको छ ।
संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै संविधानको संरक्षण, परिमार्जन र समयानुकूल संशोधनमा पनि पार्टी अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानलाई समावेशी, न्यायपूर्ण र व्यावहारिक बनाउन आवश्यक परेमा संशोधनको नेतृत्व गर्न कांग्रेस तयार रहेको बताए ।
संसद्लाई अहिलेको भन्दा अझ समावेशी बनाउनुका साथै राजनीतिक स्थायित्वका लागि एक दलले स्पष्ट बहुमत ल्याउने प्रणाली निर्माण गर्न आवश्यक रहेको उको भनाइ छ । उनले दीर्घकालीन समाधानका लागि दलहरूबीच गम्भीर छलफल, चिन्तन र कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै राज्यले सबै धर्म, भाषा र संस्कृतिसँग समान व्यवहार गर्नुपर्ने बताए । संविधानले सबैलाई बराबरी अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यको नीति त्यसै अनुसार सञ्चालन हुनुपर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!