२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी ः वुमन्स वर्थ ग्रुप (डब्लु डब्लु जी) द्वारा बिहीवार आयोजित ‘मिसेस स्टेट २०२५ सिजन थ्री’ कोशी प्रदेशको उपाधि मन्जु गुरुङले हात पार्न सफल भएकी छन् ।
गुरुङले १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्नुका साथै ‘मिसेस ब्यूटिफुल’ र ‘बेस्ट स्माइल’ अवार्ड समेत जितेकी छन् । उपाधिसहित उनले नगद रु ५१ हजार, ट्रफी, गिफ्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफ इन्सुरेन्स प्राप्त गरेकी छन्। उनलाई मिसेस स्टेट सिजन–२ की विजेता पुष्पा फोम्बो र प्रमुख निर्णायक पूर्व मिस नेपाल उषा खड्गीले ताज पहिर्याइदिएका थिए ।

प्रतियोगितामा ममता शाह फस्र्ट रनरअप घोषित भइन्। उनले पनि क्राउन, ट्रफी, नगद रु २५ हजार र गिफ्ट ह्याम्पर प्राप्त गरिन्। सेकेन्ड रनरअपको उपाधि सुनिता श्रेष्ठले जितिन्। उनले क्राउन, ट्रफी, नगद रु १५ हजार र गिफ्ट ह्याम्पर प्राप्त गरिन ।

उपाधि विजेताहरूलाई एसएसपी भीम दाहाल, वुमन्स वर्थ ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठ, उपाध्यक्ष हरि मादेन, सचिव ज्योति राई, सहसचिव छायाँ श्रेष्ठ, कोषाध्यक्ष रोजी ताम्राकार, सदस्य विनिता आचार्य, कोरियोग्राफर डीजे ललित राई, पूर्व मिसेस स्टेट सेकेन्ड रनरअप रोशनी राई, नीर संकरलगायत विशिष्ट अतिथिहरूले पुरस्कार प्रदान गरेका थिए ।

धरान–१६ स्थित गुरुङ बीबीक्यु नयाँ पार्टी प्यालेसमा सम्पन्न प्रतियोगितामा विभिन्न विधामा टाइटल अवार्ड प्रदान गरिएको थियो । बेस्ट ट्यालेन्ट मिना गुरुङ,मिसेस पर्सनालिटी पूजा गच्छेदार,मिसेस फोटोजेनिक ममता शाह,मिसेस फ्रेन्डसिप सृष्टि राई,बेस्ट वाक रिङ्की शाह गुप्ता,मिसेस एक्टिभअस्मिता भुजेल,मिसेस पब्लिक च्वाइस सृष्टि राई,मिसेस डिसिप्लिनराधा राई, र मिसेस इन्स्पिरेशन सुनिता श्रेष्ठलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

आयोजक वुमन्स वर्थ ग्रुप विवाहित महिलाहरूको समूहले स्थापना गरेको संस्था हो । संस्थाका अनुसार विवाहित महिलाहरूको व्यक्तित्व विकास तथा उनीहरूमा रहेको क्षमता उजागर गर्न ‘मिसेस स्टेट’ प्रतियोगिताको आयोजना गरिएको हो ।

सिजन थ्रीको निर्णायक मण्डलमा प्रमुख निर्णायकका रूपमा पूर्व मिस नेपाल उषा खड्गीसँगै लेखक एवं अग्रज पत्रकार जनकऋषि राई, सांस्कृतिक अभियन्ता तथा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान टीएनटी विभाग प्रमुख संगिता भण्डारी, लायन्स इन्टरनेसनल ३२५ सी डिष्ट्रिक्ट गभर्नर विकास अधिकारी, र नेपाल उद्योग परिषद् कोशी प्रदेशका उपाध्यक्ष गरिजा सारडा सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!