२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरानः नेपाली कांग्रेसको पहलमा धरानका पार्क र मन्दिरहरूमा सोलार बत्ती प्रदान गरिएको छ। धरान–१७ स्थित साकेला पार्क, धरान–१४ स्थित पिण्डेश्वर मन्दिर र बुढासुब्बा मन्दिरमा एक÷एक थान गरी जम्मा तीन थान सोलार बत्तीहरू कांग्रेसको पहलमा वैकल्पिक ऊर्जा प्रवन्ध केन्द्रमार्फत प्रदान गरिएको हा े।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा क्षेत्र नं. १(१) का सभापति अनिल श्रेष्ठ, धरान नगर सभापति श्याम पोखरेल, प्रदेश १(१) का सचिव राजेन्द्र राई, कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, धरान–१४ का वडा सदस्य रामकुमार तामाङलगायतले ती सोलार बत्तीहरू सम्बन्धित निकायलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रभावकारी समन्वय र पहल गरेको भन्दै कोषाध्यक्ष रमिना सुब्बा गुरुङलाई सभापति सुजेन्द्र तामाङ, अनिल श्रेष्ठ र श्याम पोखरेलले विशेष धन्यवाद व्यक्त गरे। उनीहरूले पिण्डेश्वर बाबा धाम समिति अध्यक्ष विकास बनेपाली, बुढासुब्बा मन्दिर संरक्षण परिषदका सचिव पंकज आले र किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईलाई सोलार बत्ती हस्तान्तरण गर्दै मन्दिर तथा पार्कमा व्यवस्थापन समिति र सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखेर सोलार बत्तीको व्यवस्था गरिएको जानकारी दिए ।

त्यस अवसरमा कोषाध्यक्ष रमिना सुब्बा गुरुङले आफूले समन्वय गर्दा ऊर्जा मन्त्री दीपक खड्का, उहाँको सचिवालय तथा वैकल्पिक ऊर्जा प्रवन्ध केन्द्रका कर्मचारीहरूबाट राम्रो सहयोग प्राप्त भएको भन्दै धन्यवाद र खुशी व्यक्त गरिन ्।

सोलार बत्ती हस्तान्तरण कार्यक्रममा बोल्दै पिण्डेश्वर बाबा धाम समिति अध्यक्ष विकास बनेपाली, बुढासुब्बा मन्दिर संरक्षण परिषदका सचिव पंकज आले र किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले आफ्नो संस्थाको आवश्यकता पहिचान गरी सोलार बत्तीको व्यवस्था गरिदिएकोमा कांग्रेस पार्टी र नेताहरूलाई धन्यवाद तथा आभार व्यक्त गर े।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार दुई वर्षको वारेन्टीसहित १÷१ सय गरी २ सय वाट क्षमताका सोलार प्यानल, ७५ एम्पियर क्षमताका ब्याट्री, बत्ती, पोल लगायत आवश्यक सामग्री हस्तान्तरण गरिएको हो । वैकल्पिक ऊर्जा प्रवन्ध केन्द्रका प्राविधिक कर्मचारीहरूले नै ती उपकरणहरूको जडान समेत गरिदिने उनले जानकारीे दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!