२०८२ आश्विन १२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी : अत्यधिक गर्मी बढेको कारण इटहरी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
इटहरी क्षेत्र भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा गर्मी विदा दिएको हो ।
आज एक सूचना जारी गर्दै अत्यधिक गर्मी बढ्न गई विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन तथा विद्यार्थीहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै इटहरी उपमहानगरपालिकाले विदा दिएको हो ।
उपमहानगरले सार्वजनिक गरेको सुचना अनुसार भोली जेष्ट २८ गते एक दिनका लागि गर्मी विदा दिएको हो । बर्षे विदाबाट कट्टा हुने गरी गर्मी विदा दिइएको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!