२०८२ आश्विन ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान ः धरान उपमहानगरपालिकामा सम्पन्न भइसकेका योजनाको भुक्तानी रोकिएपछि उपमेयर, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरू मेयर हर्कराज राई ‘साम्पाङ’सँग लिखित माग गरेका छन् ।
आज आइतबार मेयर साम्पाङको कार्यकक्षमा पुगेर उपमेयर अइन्द्रबिक्रम बेघा, सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा मागपत्र बुझाउँदै रोकिएको भुक्तानी प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका हुन्।
उनीहरूले असार १६ गतेदेखि मेयर साम्पा
ङले स्वीकृत योजनासम्बन्धी भुक्तानी फाइलहरू आफूमातहत राखेर प्रक्रिया अवरुद्ध गरेको उल्लेख गरेका छन्। योजनाहरू पूर्व स्वीकृत तथा नियमानुसार अनुगमन सम्पन्न भइसकेका भए पनि अन्तिम चरणमा आएर अवरोध हुँदा संघ र प्रदेश सरकारको बजेट फ्रिज हुने खतरा रहेको उनीहरूको भनाइ छ।
‘यदि समयमा भुक्तानी प्रक्रिया सुरु भएन भने संघ तथा प्रदेशको विनियोजित बजेट फ्रिज हुने सम्भावना छ,’ मागपत्रमा भनिएको छ, ‘जसको प्रत्यक्ष असर धरानको आर्थिक व्यवस्थापन र आगामी वर्षको बजेटमै पर्नेछ।’
साथै, मेयर साम्पाङले असार १९ गते प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको स्पष्टीकरण पत्र नियमविपरीत रहेको भन्दै उक्त पत्र खारेज गर्न माग गरिएको छ। त्यस्तै, कर्मचारीमाथि विधिविपरीत दवाब सिर्जना गरेर आतंकित बनाउने कार्य तत्काल रोक्न पनि उनीहरूले जोड दिएका छन्।

उक्त मागपत्रमार्फत उनीहरूले धरान उपमहानगरमा विधिको शासन कायम गर्न र संस्थागत प्रणालीलाई बलियो बनाउँदै अगाडि बढाउने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!