विराटनगर १२ साउन : पर्याप्त बर्षात नभएपनि कोशी प्रदेशमा लक्ष्य भन्दा बढी रोपाई भएको छ । तराईका जिल्लामा केही महिनादेखी पानी नपर्दा किसानहरुले बोरिङ्ग , पम्पी सेट र सिंचाईको माध्यमबाट रोपाई गरेका हुन ।
उद्योग ,कृषि तथा सहकारी मन्त्रालय , कोशी प्रदेशले पछिल्लो तथ्याङ्ग सार्वजनिक गर्दै साउनको पहिलो साता सम्मामा करिव ८१ प्रतिसत रोपाई भएको जनाएको छ । जुन लक्ष्य अनुसारको रोपाई हो ।मध्य पाहाडी जिल्ला इलाम , पाँचथर , भोजपुर , तेहथुम , धनकुट्टा , ओखलढुङ्गा , खोटाङ र उदयपुर गरि समग्रमा ७४ दशमलव ४३ प्रतिसत रोपाई समपन्न भैसकेको छ । ओखलढुङ्गको कुल रोपाई हुने क्षेत्र ३ हजार ८ सय ३ हेक्टर जमिन रहेकोमा ३ सय ४ सय ९३ अर्थात करिव ९२ प्रतिसत रोपाई भएको छ ।
यस्तै उच्च पाहाडी जिल्लाहरु ताप्लेजुङ्ग , संखुवासभा र सोलुखुम्बुमा ६८ रोपाई भएको छ । जुन अन्य जिल्लाको तुलनामा न्यून हो ।
तराईको झापा ,मोरङ र सुनसरी अन्न भण्डारको रुपमा चिनिएको छ । जहाँ यस बर्ष ८३ दशमलव ४२ प्रतिसत रोपाई समपन्न भैसकेको छ । तराईका जिल्लामा सवैभन्दा बढी मोरङमा ६९ हजार ८ सय १७ हेक्टर रोपाई योग्य जमिन मध्ये ५९ हजार ३ सय ४४ दशमलव ४५ प्रतिसतमा रोपाई भई कुल ८५ प्रतिसत भएको छ । त्यस्तै सुनसरीमा ८४ प्रतिसत र झापामा ८२ प्रतिसत रोपाई समपन्न भएको छ ।
उद्योग , कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङमागले पर्याप्त बर्षात नभएपनि यस बर्षको रोपाई सन्तोषजनक भएको बताए । कोशी प्रदेश धान उत्पादन गर्ने देशकै अन्न भण्डार भएकोले यसको व्यवसायीकरण गर्न प्रदेश सरकारले कृषि अनुदान कार्यक्रम संचालन गरिरहेको उनले बताए ।




