२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनग १६ साउन : खुलेआम अनधिकृत रुपमा रासयनीक मलको अवैद्य कारोवार भैरहेको गुनासो बढेपछि कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारी मन्त्रालयका मन्त्री खगेनसिं हाङमागले अनुगमन कार्य लाई तिव्र पार्न मातहतका निकायलाई निर्देशन दिएका छन ।
मन्त्रीको ठाडो निर्देशन लगत्तै कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंह र बर्जू गाउँपालिकाका उपप्रमुख नीतुकुमारी चौधरी सहितकोे अनुगमन टोलीले बर्जू गाउँपालिका वडा न १ स्थित चिमडी बजारमा रहेको विज्ञान मलखाद तथा विउ विजन पशलमा छापा मारेको छ । अनुगमन कार्यलाई निरन्तरता दिने मन्त्रालयको योजना छ । विगत केही समयदेखी सुनसरीको सिमाक्षेत्रबाट खुलेआम चोरी पैठारी भई आउने गरेको छ ।
नेपाल सरकारबाट वितरण हुने रासयनीक मल सहकारी संस्था मार्फत किसानहरुलाई वितरण गर्ने व्यवस्था छ । तर कृषि सामाग्री र साल्ट ट्रेडिङ्गका डिलर तथा एग्रोभेटहरुले बास्ताविक किासनहरुलाई मल उपलब्ध नगराई सिधै पशलहरुलाई विक्री वितरण गरिरहेको जनगुनासो आएपछि मन्त्री हाङ्गमागले अवैद्य कार्यलाई निरुत्साहित गर्न निर्देशन दिएका हुन । सहकारीका डिलर मार्फत डीएपी मल प्रतिवोरा १ हजार र पोटास प्रति बोरा २४ रुपैयामा उपलब्ध हुन्छ । तर त्यस्ता अनधिकृत पशलले मूल्य बढाएर मल वितरण गरिरहेका छन ।
अव उप्रान्त अवैद्य विक्रि वितरणमा नियमनका लागि कदम चाल्ने र किसानलाई सहज रुपमा मलको आपूर्ती सुनिश्चितता गर्ने मन्त्री हाङमागले बताए । नेपालमै आयात हुने मल कोशी प्रदेशका लागि १९ प्रतिसत मात्र उपलब्ध हुने गर्दछ । उक्त मल मध्ये ९० प्रतिसत झापा , मोरङ र सुनसरीमा मात्र खपत हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!