२०८२ माघ १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं: भ्रष्टाचारविरुद्धमा जेनजी पुस्ताले गरेको मार्चपाससहितको आन्दोलनमा प्रहरीले चलाएको गोलीबाट मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म १६ जना पुगेको छ।

उपत्यकाका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको हो।

ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन। सयौंको संख्यामा घाइते भएको हुन सक्ने आँकलन गरिएको छ।

र गम्भिर प्रकृतिका घाइते मात्र ५० जनाभन्दा बढी ओसारेको एम्बुलेन्स चालकहरुले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!