२०८२ माघ २१       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नवलपरासी,२६ मङ्सिर: नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिले चिनी मिलहरूलाई तत्काल उखु क्रसिङ सुरु गर्न र सरकारलाई उखु किसानलाई उपलब्ध गराउनुपर्ने बाँकी अनुदान रकम तत्काल निकासा गर्न माग गरेको छ ।

उखु उत्पादक महासंघका केन्द्रीय प्रवक्ता तथा लुम्बिनी प्रदेश संयोजक उमेश चन्द्र यादवद्वारा जारी विज्ञप्तिमा महासंघले तत्काल उखु क्रसिङ सुरु गर्न र किसानलाई नियमानुसार सम्पुर्ण भुक्तानी तुरुन्त दिन अनुरोध गरेको हो ।

महासंघले सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ७० रुपियाँको अनुदानमध्ये हालसम्म प्रतिक्विन्टल ३५ रुपियाँ मात्र उपलब्ध गराएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । बाँकी रहेको ३५ रुपियाँ तत्काल निकासा गर्न माग गरिएको छ ।

महासंघका अनुसार, उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३० र सरकारको अनुदान ७० रुपियाँसहित कुल सात सय तोकिएको छ ।

मिलद्वारा मूल्य वृद्धिमा विरोध
महासंघले नवलपरासी ९ब।सु।प।० क्षेत्रमा सञ्चालनमा रहेका चिनी मिलहरूले पहिले निर्धारण भएको मूल्यमा थप २५ वृद्धि गरी ६५० कायम गरेकोमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले किसानको हितका लागि बढेको भाडा फिर्ता लिई पुरानै मूल्य कायम गर्न र उखुको भुक्तानी नियमानुसार समयमै गर्न मिल सञ्चालकहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!