२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १९ मंसि । नेपाली कांग्रेसले राष्ट्रिय रूपमा उठेका तथा देश र जनताका ज्वलन्त विषयमा छलफल गर्नका लागि सङ्घीय संसद्को बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसमक्ष माग गर्ने निर्णय गरेको छ ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आजको बैठकले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरीदमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ ।

पार्टीले यही मङ्सिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!