२०८० जेष्ठ १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २३ मंसिर । कोरोना भाइरस महामारीका कारण बन्द रहेको नेपाल–भारत सीमा खोल्न माग गर्दै सुनसरीको देवानगञ्ज गाउँपालिकामा चार दिनदेखि निरन्तर धर्ना हुँदै आएको छ ।

नेपाल–भारत खुला सीमा संवाद समूहले देवानगञ्ज–४ कोवाखोज भन्सारमा चार दिनअघिदेखि लगातार दैनिक एक घण्टा धर्ना दिँदै आएको हो । कोरोना जोखिम न्यूनीकरणका लागि विगत ८ महिनादेखि बन्द रहेको सीमा खुलाउनुपर्ने माग गर्दै सो समूहले देवानगञ्ज–४ भन्सारमा अनिस्तकालीन धर्ना दिँदै आएको हो ।

सम्वाद समूहका केन्द्रीय संयोजक राकेश मेहताको नेतृत्वमा गत मंसिर १९ गतेदेखि एक घण्टा धर्ना दिँदै आएका हुन् । सीमा खोल्नुपर्ने मागसहित सांकेतिक आन्दोलनको रूपमा दिउँसो २ बजेदेखि ३ बजेसम्म हरेक दिन एक घण्टा धर्ना कार्यक्रम गर्दै आएको संयोजक मेहताले जानकारी दिए ।

गत चैत्र १० गतेदेखि बन्द रहेको नेपाल–भारत सीमाको कारण सिमावर्ती क्षेत्रमा तस्करीको बिगबिगी बढेकोले सीमा खुलाउनुपर्ने धर्ना कार्यक्रमका नेतृत्वकर्ता प्रदेश सदस्य बेचन मेहताले बताए ।

यता, जिल्ला प्रशासन कार्यालय सुनसरीले भने यसबारे कुनै अधिकारिक निर्णय लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!