२०८० जेष्ठ १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १ पुस । विराटनगरमा खाना पकाउने (एलपी) ग्यासको कालोबजारी गर्ने एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१४ मलाहा रोडबाट मंगलबार दिउँसो प्रहरीले मनिष यादवलाइ पक्राउ गरेकाे हो ।

यादवले  सञ्चालन गरेको फोटोकपी तथा ग्यास पसलबाट उनले एउटा ग्यास सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्यासको तौल कम गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

यादवको पसलबाट प्रहरीले ठूलो ग्यास सिलिन्डर-११ थान ,सानो ग्यास सिलिन्डर -२ थान, तौल मेसिन-१ थान , रेगुलेटर-२ थान र एयर लिंक गर्ने पाईप १ थान समेत बरामद गरेको छ । यादवको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!