२०८० जेष्ठ १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ७ पुस । अमेरिकी सरकारी एजेन्सीहरूको ठूलो संख्यामा ह्याकिङ भएको पत्ता लागेको छ । ह्याकिङका कारण ५० वटाभन्दा बढी सरकारी संगठनहरुलाई असर गर्ने साइबर सुरक्षा फर्मले जनाएको हो ।

फायर आइ नामक संगठनका प्रमुख कार्यकारी अधिकृत केभिन म्यान्डियाका अनुसार नेटवर्कमा १८ हजार संस्थाहरुको मेलिसियस कोड रहेकोमा ५० मा मुख्य असर पर्नेछ ।

ह्याकरहरुले अमेरिकी अर्थ, रक्षा तथा गृह मन्त्रालयलाई पनि लक्षित गरेको बताएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुसले ह्याकिङ गरेको आरोप लगाउनु भएको छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ट्वीट गर्दै ह्याकिङमा रुसी नभई चिनियाँ संलग्नता रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!