२०८२ आश्विन १२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले मोडर्नाले उत्पादन गरेको खोपको पहिलो मात्रा लगाएका हुन् । अमेरिका ल्याइएको यो दोस्रो खोप हो ।

अमेरिकामा करिव ५ लाख मानिसले कोरोना विरुद्धको खोप लगाइ सकेका छन्। खोप लगाइसकेपछि बाइडेनले यो खोप सुरक्षित रहेको प्रतिक्रिया दिँदै सबै अमेरिकीलाई यो सुरक्षित रहेकाे बताए । उनले भने, ‘अमेरिकीलाई यो सुरक्षित छ । सबैले लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि मात्रै मैले लगाएको हुँ,’ उनले भने ।

अमेरिकामा धेरै विशिष्ट व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै लगाएका छैनन् । तर राष्ट्रपति ट्रम्पले उपयक्त समयमा खोप लिन सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!