२०८० जेष्ठ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, ९ पुस । सुनसरीको देवानगञ्जमा अटोको ठक्करबाट वृद्धको मृत्यु भएकाे छ । बुधवार २ ह ४९२१ नम्बरको अटो टेम्पोले देवानगञ्ज-२ रामटोलमा स्थानीय ९० वर्षीय बेचुदास मेहतालाई ठक्कर दिएको थियो ।

हिजो साँझ साँढे ६ बजेको समयमा अटोले ठक्कर दिँदा मेहता घाइते भएका थिए । उपचारका लागि नोबेल अस्पताल विराटनगर लैजानेक्रममा उनकाे बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

ठक्कर दिने अटो र चालकलाई इलाका प्रहरी कार्यालय देवानगञ्जले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!