२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

गाैर, १० पुस । रौतहटको गाउँघरतिर मिल र आधुनिक मेसिनहरु सञ्चालनमा आएपछि जाँतो बनाएर जीविकापार्जन गर्नेहरुको पेशा संकटमा परेको छ । गाउँघरमा मिल र आधुनिक मेसिन संचालनमा आएपछि जाँतो प्रयोगमा ल्याउनेहरुको संख्या घट्यो र विस्तारै यस पेशामा लागेकाहरुको अवस्था खस्कँदै छ । कुनै बेला जाँतो नभएको घरै हुँदैनथ्यो ।

जाँतो नभएको घर गहना नलगाएकी बुहारी जस्तो देखिन्छ भन्ने उखान थियो । तर अहिले घरको जाँतो पनि गाउँघरमा प्रयोगमा ल्याउन छाडिएको छ । कुटानी पिसानीका लागि मिल र सुधारिएको घट्ट तथा विभिन्न खाले मिक्चर मेसिनहरु संचालनमा आएपछि यस्तो अवस्था आएको हो ।

कुटानी पिसानीका लागि उपयुक्त मानिए पनि धार्मिक शुभकार्यहरुमा ढिकी, जाँतो, ओखलमा पिसिएको चामल, गहुँ, दाल शुद्ध मानिन्छ । मिलमा कुटानी पिसानी गरिएको अनाजको प्रोटिन कार्बाेहाइड्रेड, खनिज पदार्थ तथा पौष्टिक तत्व नष्ट हुनुको साथै वातावरणीय दृष्टिकोणले मिल उपयुक्त नमानिए पनि यस बेला जिल्लाको अधिकांश घरहरुमा जाँतोको सट्टा मिल र घरबाटै कुटानी पिसानी गर्ने हुनाले जाँतोको विक्रीमा कमी आएको जाँतो बनाई जीवनयापन गर्दै आइरहेका देवकुमार थैबले बताए ।

जाँतो बनाउने ढुङ्गा नपाइनु र ढुङ्गा खोजेर बल्लतल्ल बनाइएको जाँतोले बजार भाउ पाउन छोडेपछि परिवारको भरणपोषण गर्न कठिनाई भइरहेको जाँतो व्यवसायी कोशिलादेवी थैव बताउँछन् । उनका अनुसार धेरै मिहिनेत गरेर बनाइएको जाँतोको मूल्य पाउन छाडेपछि यस पेशामा लागेका अधिकांश व्यवसायी अन्य पेशामा लागेका छन् ।

त्यस्तै, सन्तोष थैवका अनुसार अत्याधिक परीश्रम गरेर बनाइएको जाँतो खच्चरमा लाँदेर गाउँ गाउँमा घुमेर विक्री गर्दा ग्राहकहरुले मोलतोल गरेर खरिद नगर्ने तथा एकादुका खरिद गर्ने भए पनि कम मूल्य दिने गरेका कारण दिन भरिका पारिश्रमिक समेत उपर हुँदैन ।

विज्ञान प्रविधिको विकासले गर्दा गाउँघरबाट ढिकी, जाँतो, ओखलहरु क्रमशः हराउँदै जान थालेका छन् । यही अवस्था रहे ढिकी, जाँतो, ओखल संग्राहलयमा मात्रै सिमित रहनुको साथै युवा यसलाई नमूनाको रुपमा हेर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!