२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शनिबार काठमाडाैंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नयाँ पुस्तालाई सुन्दर देश, सुन्दर लोकतन्त्र र विकसित, सभ्य मुलुक सुम्पनुबाहेक आफ्नो व्यक्तिगत स्वार्थ केही नरहेको बताउँदै उनले आँधी, तुफान र बाढीझैँ निर्वाचनमा अगाडि बढ्नसमेत कार्यकर्तालाई निर्देशन दिए ।

प्रचण्ड–नेपालले खास प्रतिगमनको तयारी गर्नुभएको र त्यसलाई रोक्नु आफ्नो बाध्यता भएको स्पष्ट पार्नुहुँदै उनले भने, “करिब दुई तिहाइको सरकार ढालेर टालटुल पारेको पुतली सरकार बनाउने तयारी थियो । ‘हर्स टे«डिङ’को त्यो राजनीति फेरि फर्काउन सम्भव छैन ।”

उनले विघटित प्रतिनिधि सभा ब्यूँतिन्छ कि ? निर्वाचन हुँदैन कि ? भन्ने भ्रमको पछाडि नलाग्न र दृढतासाथ निर्वाचन तयारीसहित जनताको बीचमा जान कार्यकर्तालाई आह्वान गरे । आन्दोलन, पार्टी र सही विचार जोगाउनु आजको आवश्यकता भएको जोड दिँदै उनले मुलुक र जनताको चिन्ता छाडेर पैसा, परिवार र पदका लागि मरिमेट्नेलाई निर्वाचनमार्फत जनताले ठेगान लगाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!