
झापा, २१ पुस । झापामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकाे छ । झापाको कन्काई नगरपालिका-५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक झापा गाउँपालिका-३ का १९ वर्षीय सागर लिम्बूको मृत्यु भएकाे हो ।
सोमबार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लिम्बूको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।