२०८० जेष्ठ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भूकम्पलगायतका विपत्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण निकाय र नागरिकबीच सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

बाढी, पहिरो, महामारी, आगलागी, डढेलो, भूकम्पलगायत विपत्बाट मुलुक बारम्बार प्रभावित हुने गरेको चर्चा गदै उनले २०७२ सालको भूकम्पले नेपाली समाजलाई नयाँ शिक्षासमेत दिएको स्पष्ट पारे ।

२०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको अनुभवलाई आधार बनाएर बाढी पहिरोले क्षति गरेका देशभरिका हजारौँ घर पुनर्निर्माण गर्न यसै साता कार्यविधि पारित गरिएको समेत उनले चर्चा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!