२०८२ आश्विन २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १९ माघ । म्यानमारकाे सत्तारुड पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी पक्राउ परेकी छन् । सो पार्टीका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उनी पक्राउ परेको जनाएको हो ।

म्यानमारमा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनावा बढीरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टीले सरकार गठनका लागि पर्याप्त मत प्राप्त गरेको भए पनि सेनाले भने सो जितलाई अस्वीकार गर्दै नक्कली भनेको थियो ।

म्यानमामा सन् २०११ सम्म सेनाले साशन गर्दै आएको र उनलाई लामो समयदेखि घरमै बन्दी बनाइएकाे थियो । नयाँ गठित तल्लो सदनकाे बैठक आज बस्ने तय भएको भए पनि सेनाले भने त्यसलाई रोक्न आग्रह गरेको थियो । म्यानमाकाे राजधानी तथा केही महत्वपूर्ण शहरहरुमा सडकमा सेना परिचालन गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!