
विराटनगर, १९ माघ । म्यानमारमा प्रजातन्त्रबादी नेतृ आङसाङ सुकी लगायतका केही नेतालाई पक्राउ गरेको केही घण्टामा नै त्यहाँको सेनाले देशका विभिन्न भाग आफ्नो नियन्त्रणमा लिएर एक वर्षसम्मका लागि संकटकालको घोषणा गरेको छ ।
त्यहाँको सैनिक टेलिभिजनले एक वर्षसम्मका लागि संकटकालको घोषणा भएको उल्लेख गरेको बीबीसीले समाचारमा जनाएको छ । गत डिसेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टी नेशनल लिग फर डोमोक्रेसीले स्पष्ट बहुमत ल्याए पनि सेनाले सो निर्वाचनमा धाँधली भएको भन्दै अस्वीकार गर्दै आएको थियो ।
म्यानमारमा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनावा बढीरहेको अवस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।
म्यानमामा सन् २०११ सम्म सेनाले साशन गर्दै आएको र उनलाई लामो समयदेखि घरमै बन्दी बनाइएकाे थियो । नयाँ गठित तल्लो सदनकाे बैठक आज बस्ने तय भएको भए पनि सेनाले भने त्यसलाई रोक्न आग्रह गरेको थियो । म्यानमाकाे राजधानी तथा केही महत्वपूर्ण शहरहरुमा सडकमा सेना परिचालन गरिएको बीबीसीले जनाएको छ ।