विराटनगर, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार (आज) कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ । सोमबार बिहान कक्षा १२ को नतिजा प्रकाशित भएकाे हो ।
प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
बोर्डले गत मङ्सिर दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।
यसरी हेर्नुहोस् रिजल्ट




