२०८३ जेष्ठ २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २० माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी गर्न पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले आफ्नो पक्ष नै आधिकारिक पार्टी भएको दाबी गर्दै आयोग जाने निर्णय गरेको थियो । सोहीअनुसार मंगलबार नेताहरू आयोग पुगेका हुन् ।

सो समूहले  पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्नेछ । अध्यक्षद्वय नेपाल र दाहाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु बिहान पौने १० बजेतिर आयोग पुगेका हुन् ।

४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ । उक्त पार्टीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!