
विराटनगर, २० माघ । चीनमा कोरोना भाइरसविरुद्धको नक्कली खोप बनाएर मुलुकबाहिर पठाउने गिरोह पक्राउ परेकाे छ । नक्कली खोप बनाएको आरोपमा चिनियाँ प्रहरीले ८० जनालाई पक्राउ गरेको हो ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार प्रहरीले जियांग्सु, बीजिंग र शानडोंगबाट ३ हजार नक्कली खोप समेत उनीहरुलाई पक्राउ गरेको हो । ग्लोबल टाइम्सका अनुसार प्रहरीले गत बर्ष सेप्टेम्बरमा गिरोहले उच्च मूल्यमा खोप वितरण गरेको जानकारी पाएको थियो सोही अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नियन्त्रणमा लिएका ८० जनाको बयान अनुसार उक्त खोप मुलुकबाहिर पनि बिक्री वितरणको तयारी भइरहेको ग्लोबल टाइम्सले जनाएको छ । उनीहरूले सिनोभ्याक खोप भन्दै उक्त नक्कली खोप मुलुकबाहिर पठाउने तयारी गरिरहेको पनि ग्लोबल टाइम्सले जनाएको छ ।-ग्लोबल टाइम्सबाट