२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सर्लाही, १२ फागुन । तराई–मधेशका ग्रामीण बस्तीमा बाक्लै देखिने खपडाको छानो हालेका घर अहिले देख्न मुस्किल पर्न थालेको छ । केही पुराना घरहरुमा बाहेक नयाँ बनेका घरमा खपडाको छानो देखिँदैन ।

भर्खरै बनाइएका नयाँ घरहरूमा टाली र एल्बेष्टर हालिएका छन् । मधेसमा अहिले खपडाको छानो भएका घर देख्न मुस्किल पर्ने धनकौल गाउँपालिका–१, सेखौनाका युवा राजेश कुशवाहा बताउँछन् । खपडा माटोबाट बनाइन्छ । खपडाको छानो भएको घरमा चिसो मौसममा न्यानो र गर्मी मौसममा शीतल प्रदान गर्ने बुढापाका बताउँछन् ।

टाली तथा एल्बेष्टरभन्दा पनि खर्चिलो हुने भएकाले समेत खपडाको प्रयोग गर्न छाडिएको हो । प्रयोग घटेपछि खपडा बनाउनेहरू समेत पछिल्लो समय अन्य पेशा व्यवसायमा आबद्ध हुन थालेका छन् । जिल्लाको सुदूर दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले आर्थिक अवस्था सुधार हुँदै गएकाले पनि खपडाको साटो टाली तथा एल्बेष्टर प्रयोग गर्ने क्रम बढेको बताए ।

उनले भने, ‘अब धेरैजसोले पक्की घर बनाउन थाल्नुभएको छ, कच्ची घर बनाउँदा पनि टाली तथा एल्बेष्टर बढी प्रयोग भइरहेका छन् । सदरमुकाम मलङ्गवा निवासी पूर्व शिक्षक कौशलकिशोर राय बढ्दो शहरीकरणले गर्दा मधेसका धेरैजसो मौलिकता हराउँदै गएका बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!